अशोक स्पेन जाने

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न बुधवार स्पेनको एलिकान्टे जाने भएका छन् ।
विश्व ओलम्पिक तेक्वान्दो महासङ्घको आयोजनामा हुने प्रतियोगिता फेब्रुअरी २ देखि ४ तारिखसम्म हुनेछ । उनले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य अञ्जन धमलाले अशोकलाई सोमबार एक कार्यक्रमबिच बिदाइ गरे ।

Comment