फाउन्डेसनको गतिविधि युरोपमा विस्तार हुँदै 

गिरिजा प्रसाद कोइराला फाउन्डेसनको युवा तथा खेलकुद विभाग संयोजक तुलसी थापा मगरले यस फाउन्डेसनको गतिविधि संसार भरी फैलने विश्वास व्यक्त गरेकी छिन् । हाल डेनमार्कमा रहेकी थापा मगरले खेलकुद न्युज डटकमसँगको कुराकानीमा सो विश्वास व्यक्त गरेकी हुन् । 

उनले डेनमार्कमै एनआरएनए तथा जन सम्पर्क समितिका नेतृत्वमा रहेका व्यक्तित्वसँगको भेटघाटको क्रममा संस्थाका आगामी कार्यक्रमका बारे समेत छलफल गरेकी छिन् । 

उनले एनआरएनए डेनमार्कका अध्यक्ष कमल राज शर्मा, महासचिव नवीन आचार्य, जन सम्पर्क समिति डेनमार्कका सभापति यादव बस्नेत, निवर्तमान सभापति वीरेन्द्र सिंह कार्की, उपसभापति दीपेन्द्र चुँडाल र वरिष्ठ उपसभापति गोविन्द पौडेलसँगको थापा मगरको भेट भएको थियो । 

नेपाल आइटीएफमा लामो समय देखि सक्रिय थापा हाल इन्टरनेसनल मार्सल आर्ट गेम्स कमिटी(आइएमजीसी)को कमिटीमा समेत आबद्ध छिन् । थापा मगर एनएमजीसीको कोशाध्यक्ष समेत हुन् । उनले सो क्रममा नेपाल आइटीएफका खेलाडी एसियाली प्रतियोगिताका स्वर्ण विजेता प्रज्वल गड्तौलासँग पनि भेट गरेकी छिन् । 

Comment