नया बजार राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

apf chamion

दोस्रो नया बजार राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । नया बजारस्थित सोसलग्राउण्डमा शनीबार  भएको फाइनलमा आधीखोला स्पोटर्स क्लब स्याङ्जलाई ३–१ को सेटमा परािजत गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफले २५–२३, २५–१८, १६–२५ र २५–२२ को सेटमा पराजित गर्यो ।
यसअघि तेस्रो स्थानको लागि त्रिभुवन आर्मी क्लबले आयोजक नया बजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । आर्मीले नया“बजारलाई २५–११, २५–१४ र २५–१५ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसंगै एपीएफले १ लाख १ हजार १ सय ११ रुपैया“ प्राप्त गरेको छ । त्यस्तै उपविजेता आ“धीखोला स्पोटर्स क्लबले ६० हजार १ सय ११, तेस्रो भएको त्रिभुवन आर्मीले ३५ हजार १ सय ११ तथा चौथो भएको आयोजक नया“बजार सामाजिक युवा क्लबले ११ हजार १ सय ११ रुपैया“ प्राप्त गरेको छ ।
विजेता तथा उपविजेता टोलीलाई एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले पुरस्कार प्रदान गरे । त्यस्तै प्रतियोगितामा एपीएफका धनबहादुर भट्ट उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै उत्कृष्ट स्पाइकर आधीखोलाका रणबीर सिंह, ब्लकर एपीएफका महेन्द्र श्रेष्ठ, सेटर एपीएफका खुशी चौधरी, डिफेन्डर एपीएफका पुष्पजंग मल्ल, क्विकर आधाीखोलाका सन्दिप सिंह घोषित हुदै जनही ३ हजार रुपैया“ प्राप्त गरे । त्यस्तै एपीएफका ज्ञानेन्द्र बिष्ट उत्कृष्ट प्रशिक्षक घोषित हुदै ४ हजार रुपैया“ प्राप्त गरेका छन ।

Comment