प्रोफेसनल आइटिएफ खाँडादेवीमा 

आठौँ राष्ट्रिय प्रोफेसनल आइटिएफ प्रतियोगिता खाँडादेवी गाउँपालिकास्थित रामेछापमा १९ र २० माघमा हुने भएको छ ।  आयोजक रामेछाप तेक्वान्दो आइटिएफ जिल्ला सङ्घका सचिव सपुत मोक्तानले दिएको जानकारी अनुसार प्रतियोगितामा विजेताले ५० हजार, उपविजेताले ४० हजार तथा तेस्रो हुने खेलाडीले ३० हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा महिला र पुरुषका कुल दुई स्पर्धा समावेश गरिएका छन् । 

प्रतियोगितामा ३ विभागीय, ७ प्रादेशिक तथा आयोजक गरी ११ टोलीका ४ का दरले ४४ खेलाडीको सहभागिता रहने छ । नेपाली मार्सल आर्टलाई व्यवसायी बनाउने क्रममा सो प्रतियोगितालाई विशेष रूपमा लिइने गरिन्छ । 

प्रतियोगिताको अनुमानित लागत १५ लाख रुपैयाँ रहेको छ । सपुतले देशभरिका खेलाडीको उपस्थिति रहने कारण प्रतियोगिता खाँडादेवीको पर्यटकीय विकासमा समेत सहयोगी हुने विश्वास गरिएको बताए। प्रतियोगिता आयोजनाका लागि खाँडादेवी गाउँपालिका कार्यालय र खाँडादेवी–७ को विशेष सहयोग रहेको छ ।  

Comment