मोया थाइ प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान

नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासङ्घमा आबद्ध मोया  थाई प्रशिक्षक विजय गुरुङ र  विवेक जङ्ग कार्की,  मोया थाईको विशेष प्रशिक्षक प्रशिक्षणका लागि १२ जनवरी देखि २९ फेब्रुअरीसम्म हुने प्रशिक्षणका लागि त्यस तर्फ लागेका छन् । प्रशिक्षण थाइल्यान्डको रंग्सिटस्थ्ति मोया थाई इन्स्टिच्युटमा हुने छ । 

उनीहरूलाई नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स  महासङ्घले बिदाइ गरेको छ । महासङ्घका अध्यक्ष सुदीप पण्डित क्षेत्रीले प्रशिक्षकहरू उनीहरूको सिप विकासले नेपाली मार्सल आर्टको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

Comment