एपीएफका दुवै टोली फाईनलमा

volleyball semifanal
एपीएफ क्लबका दुवै टोली दोस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसीपको उपाधि नजीक पुगेका छन् । शुक्रबार भएको महिलातर्फको सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ले पराजित गर्यो । पहिलो खेल २४–२६ ले गुमाएको एपीएफले अन्य तीन सेटमा २५–२१,२५–१९ र २५–१६ ले आफ्नो पक्षमा पादै फाइनलमा पश्चिमाञ्चलसंग भेट पक्का गर्यो । पश्चिमाञ्चलले सेमिफाइनलमा न्यु डाइमन्डलाई ३–२ को सेटमा हरायो । पहिलो र दोस्रो सेट २५–१९ र २५–२३ ले जितेको पश्चिमाञ्चलले तेस्रो र चौथो सेट १५–२५ र १६–२५ ले गुमाएको थियो । निर्णायक सेटमा भने पश्चिमाञ्चलले न्यु डाइमन्डलाई १५–६ ले रोक्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।
नेपाल भलिबल संघको आयोजनामा राखेप कभर्डहलमा जारी प्रतियोगिताको पुरुषतर्फको सेमिफाइनलमा एपीएफले कान्छो क्लब हेल्प नेपाललाई २५–१७, २५–१८ र २५–२२ को सोझो सेटमा हराउदै विभागीय टोली नेपाल पुलिससंग फाइनलमा भेट पक्का गर्यो । नेपालले पुलिसले अर्को सेमिफाईनलको नेपाल आमीमाथि २६–२४, २१–२५,२५–१७ र २७–२५ को कठिन जित दर्ता गरेको थियो ।

Comment