अवार्ड पछि थपिएको प्रसाँइको उत्साह

समाजका विभिन्न गतिविधिमा सक्रिय संस्था चन्द्रलोक प्रतिष्ठानको चौथो वार्षिक उत्सवको अवसरमा सामाजिक क्षेत्रमा योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वलाई नेपाल पर्यटन बोर्डको हलमा सम्मान गरेको छ । यसै क्रममा खेलकुद क्षेत्रका बौद्धिक व्यक्तित्व तथा गीतकार नेपाल कराते महासङका उपाध्यक्ष डा . ओमकृष्ण प्रसाईँ पनि सम्मानित भएका छन् । 

प्रसाईँ नेपाली खेलकुदमा खेलाडी उत्पादन गर्ने, खेलकुदलाई प्राज्ञिक स्वरूप दिने र समाजमा खेलकुदको गरीमालाई बढाउने काममा तल्लीन छन् । 

साढे तीन दशक देखी अनवरत रूपमा लागि खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापक हुँदै नेपाल देशलाई प्रसाईँले दिनुभएको योगदान अतुलनीय छ । भर्खरै मात्र मित्रराष्ट्र अस्ट्रेलियाको सिड्नीमा अक्टोबर २० देखी २२ सम्म  इन्टरनेशनल स्पोर्टस कराते एसोसिएसन को आयोजनामा  सम्पन्न भएको विश्वकप कराते प्रतियोगितामा प्रसाँइले स्वर्ण पदक जितेका थिए । 

संस्थाका अध्यक्ष सिताराम कार्कीले बताए अनुसार चन्द्रालोक प्रतिष्ठान कला संस्कृतिको जगेर्ना गर्ने’, चेतनामूलक वृत्तचित्र बनाउने, प्राकृतिक प्रकोपमा सक्रियताका साथ लाग्ने सामाजिक संस्था हो । 

Comment