आइएसएफ सदस्य कार्की र आइओसी अध्यक्ष ब्याच विच छलफल हुने


इन्टरनेशिनल स्कुल स्पोर्ट फेडेरेशन (आइएसएफ) का केन्द्रीय सदस्य राजकुमार कार्की र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस ब्याच विच स्विट्जरल्याण्डको लुसानमा भेट हुने भएको छ ।
लुसानमा यहि जनवरी ८ देखि १० सम्म हुने आइएसएसएफको केन्द्रीय कार्यसमितिको वैठकमा सहभागि हुन आइओसी अध्यक्ष ब्याच पनि लुसानमा आउँदैछन् ।
विश्वभरका विद्यार्थी खेलाडीहरुको संगठनको रुपमा रहको आइएसएफ आइओसीको सदस्य संस्था भएकोले ब्याच उक्त वैठकमा भाग लिन आउन लागेको हो ।
सोही बेला नेपाली खेलकुदको विषयमा कुरा गर्न समय माग्दा ब्याच राजी भएको कार्कीले बताए । ब्याचसंगको भेटमा कार्कीले आइओसी मार्फत नेपाली खेलकुदलाई गर्ने सहयोगको विषयमा पहल गरिदिन छलफल गर्ने बताए ।
उक्त वैठकमा कार्कीले आइएसएफ सोलिडारिटी प्रोजेक्टको कार्यपत्र पेश गर्ने तथा दक्षिण एसियाको डेभलपमेन्ट प्रोजेक्ट बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका कार्की आइएसएफमा सन् २०२२ मा केन्द्रीय समितिका निर्वाचित भएका थिए ।
त्यसपछि कार्की आइएसएफको तेक्वान्दो टेक्निकल कमिशन अध्यक्षमा चुनिएका थिए । उक्त कमिटीले विश्वभरका विद्यालयको तेक्वान्दो खेल सञ्चालन गर्ने गर्दछ ।
नेपाली तेक्वान्दोमा आवद्ध कार्की विश्व खेलकुदको सकृय पदमा निर्वाचित हुने थोरै पदाधिकारीहरु मध्येका कार्की पनि पर्छ ।
आइएसएफको एउटा सकृय सदस्य रहेको नेपालले आइएसएफका हरेक प्रतियोगिताहरुमा सकृय रुपमा सहभागिता जनाउदै आएको छ ।

Comment