एपिएफ र आंधीखोला स्पोर्टस क्लब उपाधि नजिक

volley ball semifinal

एपिएफ र स्याङ्जाको आंधीखोला स्पोर्टस क्लब नयांबजार कप राष्ट्रिय खुुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने ।
बिभागिय टिम एपिएफ र आंधी खोला स्पोर्टस क्लब नयांबजार कप राष्ट्रिय खुुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । नया बजारस्थित सोेसियल ग्राउण्डमा भएको सेमिफाइनलमा एपिएफले आयोजक नया बजार सामाजिक युथ क्लब तथा आंधी खोला स्पोर्टस क्लबले बिभागिय टिम आर्मीलाइ पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको पहिलो सेमिफाइनलमा नया बजार बिरुद्ध एपिएफले सोझो तीन सेटमा जित हात पारेको हो । एपिएफले नया बजार बिरुद्ध पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२१ को स्कोरमा जित हात पारेको हो ।
त्यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा भारतीय खेलाडी प्लेइङ सिक्से रहेको स्याङ्जाको आंधी खोला स्पोर्टस क्लबले प्रतियोगिताको दाबेदार आर्मीलाइ निकै नै प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा पराजित गर्न सफल भयो । पहिला सेट आर्मी बिरुद्ध २५–२३ को स्कोरमा जित हात पारेको आंधी खोला दोस्रो सेटमा भने २२–२५ को स्कोरमा पराजित भएको थियो । त्यस्तै तेस्रो सेटमा पुन आर्मी बिरुद्ध २५–२२ को स्कोरमा सेट जित्दै आंधी खोलाले खेलमा २–१ सेटको अग्रता बनाएको थियो । आर्मीले खेलमा फर्कदै चौथो सेट २५–२० को स्कोरमा जित हात पार्दै खेललाइ रोमाञ्चक बनाएको थियो । अन्तिम तथा निर्णायक पांचौ सेटमा आंधी खोलाले उत्कृष्ट प्रदर्शन गर्दै खेल १५–९ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान बनाएहको थियो । अव उपाधिका लागि शनिबार आंधीखोलाले एपिएफ क्लबको सामना गर्नेछ ।

Comment