रहिनन् उसु खेलाडी निता
Manoj Shiama
30 December, 2023 6:45 pm

उसु खेलाडी निता खड्काको निधन भएको छ । मकवानपुर जिल्लाको हेटौडामा ११ र १२ पुसमा भएको प्रथम अन्तर प्रदेश उसु प्रतियोगितामा सहभागी भई फर्कने क्रममा १३ गते राती चन्द्रौटा भन्दा १५ किलोमिटर चोर मारा खोला नजिक भएको दुर्घटनामा परी उनको निधन भएको नेपाल उसु महासङ्घले जनाएको छ ।
खड्काले सो प्रतियोगितामा स्वर्ण पदक समेत जितेकी थिइन् ।