बुढानीलकण्ठ र आइएसएको उत्कृष्ट प्रदर्शन

समृद्धि राष्ट्रिय यु–१९ बास्केटबल प्रतियोगिताको शुक्रवार भएको पुरुष तर्फको खेलमा आइएसए नेपाल र टाइम्सले जित हात पारेका छन् । आइएसए नेपालले ह्यान्ड्स एकेडेमीलाई ५३–४६ ले हरायो । आइएसए मध्यान्तरसम्म २८–२७ ले अघि थियो । 

सो खेलमा आइएसका लागि जे वीजेप्सु तथा ह्यान्ड्सका एल जेसनले सर्वाधिक स्कोर गरे । टाइम्सले जेभिएर इन्टरनेसनललाई ७३–५० ले हरायो । पहिलो क्वार्टरमा नै टाइम्स २४–९ ले अघि थियो । जेभिएरका कुशलले सर्वाधिक १६ तथा टाइम्सका राहुलले सर्वाधिक २२ स्कोर गरे । 

अर्को खेलमा बुढानीलकण्ठले भ्याली पब्लिकलाई ७४–६१ ले हरायो । मध्यान्तरसम्म बुढानीलकण्ठ ४४–३८ ले अघि थियो । महिला तर्फको खेलमा राचीनको १७ स्कोरको योगदानमा बुढानीलकण्ठले भ्याली पब्लिकलाई ४५–१९ ले हरायो  ।

अर्को खेलमा आइएसएले जीजीआइसीलाई ५४–२४ ले हरायो । आइएसए हरेक क्वार्टरमा अघि थियो । 

Comment