फराकिलो अग्रता जोगाउन नसकेको काभ्रेको बुढानीलकण्ठसँग हार

दोस्रो समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको बिहीबारको पुरुष तर्फको खेलमा जीजीआइसीले फराकिलो जित हात पारेको छ । जीजीआइसीले आयोजक समृद्धिलाई ८९–३७ ले हराएको हो । जीजीआइसीका उर्गेन लामाले सर्वाधिक २० स्कोर गरे । 

अर्को खेलमा काभ्रेलाई  बुढानीलकण्ठले ७९–६५ ले हरायो । पहिलो क्वार्टरमा २३–१५ ले अग्रता लिएको काभ्रे दोस्रो क्वार्टरमा भने कमजोर साबित भएको थियो । मध्यान्तरसम्म बुढानीलकण्ठ ३८–३५ ले अघि थियो । तेस्रो क्वार्टरमा प्रभावशाली रहेको बुढानीलकण्ठले २७–११ को अग्रता लिएको थियो । अन्तिम क्वार्टरमा काभ्रेले १९–१४ को अग्रता लिए पनि हार टार्न पर्याप्त भएन । सो खेलमा विजयी टोलीका तेन्जिङ शेर्पाले २७ स्कोर गरे । 

ग्रिनफील्ड र बौद्ध वाइसी बिचको हाइ स्कोरिङ खेलमा ग्रिनफिल्ड ८८–७३ ले विजयी भयो  सो खेलको पहिलो क्वार्टरमा बौद्ध २४–९ ले अघि थियो । दोस्रो क्वार्टरमा बराबरी १७८ स्कोर गरे पछि बौद्धको अग्रता मध्यान्तरसम्म ४२–२७ ले काय थियो तेस्रो क्वार्टरमा खेलमा फर्किएको ग्रिनफील्डले अन्तर घटाउँदा बौद्धको अग्रता ५३–५२ मा सीमित थियो । विजयी टोलीका अमृतले २२ तथा बौद्धका जाम्लीङले २१ स्कोर गरे । 

सिमोनको २८ स्कोरको योगदानमा टाइम्सले रोयल्सलाई ७७–५५ ले हरायो । प्रनुपको १५ स्कोरको बाबजुद ह्वाइट हाउस सीसीआरीसँग ६८–५४ ले पराजित भयो । 

Comment