रोमाञ्चक खेलमा आइएसएको जित

समृद्धि राष्ट्रिय यु–१९ बास्केटबल प्रतियोगिताको बुधवार भएको पुरुष तर्फको खेलमा टाइम आउट, एन्जल हर्ट, कीर्तिपुर र आइएसए नेपालले जित हात पारेका छन् । आइएसएले स्नो ल्यान्डलाई ७४–६९ ले हरायो । खेलको निर्णय अतिरिक्त समयमा भएको थियो । 

पहिलो क्वार्टरमा आइएसए १७–१४ ले अघि थियो । दोस्रो क्वार्टर सकिँदा आइएसए २७–२८ ले अघि थियो । तेस्रो क्वार्टरमा स्नो ल्यान्डले ४४ –४३ को अग्रता लिएको थियो । चौथो क्वार्टरमा आइएसए ले १६ तथा स्नो ल्यान्डले १५ स्कोर गरे । खेलमा आइएसएका गौतम विवेकले ३३ तथा स्नो ल्यान्डका गगन राईले २२ स्कोर गरे । 

टाइम आउटले बौद्धलाई ७६ –६९ ले हराएको हो । टाइम आउटका लेखमानले २६ तथा बौद्धका सामदने दोर्जेले १९ स्कोर गरे । एन्जल हार्टले ट्रिनीटीलाई ७४–६९ ले हरायो । विजयी टोलीका सागर परियारले सर्वाधिक २३ तथा ट्रिनीटीका विमोचनीले २० स्कोर गरे । 

अर्को खेलमा कीर्तिपुरले योदालाई ९४–५९ को फराकिलो अन्तरले हरायो । विजयी टोलीका आशिष् मगरले २८ स्कोर गरे । 

महिला तर्फको खेलमा बुढानीलकण्ठले जीजीआइसीलाई ४४–२७ ले हरायो । विजयी टोलीकी बिना मनीले १८ स्कोर गरिन् । अर्को खेलमा भ्याली पब्लिकले जेभियरलाई ४७–४२ ले हरायो । भ्याली पब्लिककी जी एन्जलले १२  स्कोर गरिन् । 

Comment