समृद्धि बास्केटबलमा रोयल, स्नो ल्यान्ड, भ्याली पब्लिक, ग्रिन फिल्ड र आइएसएको विजयी सुरुवात

समृद्धि राष्ट्रिय यु–१९ बास्केटबल प्रतियोगिताको पहिलो दिन भएको पुरुष तर्फको खेलमा स्नो ल्यान्ड, रोयल बास्केटबल क्लब, भ्याली पब्लिक  र ग्रिन फिल्डले जित हात पारेका छन् । गगन राईको १७ स्कोरको योगदानमा स्नो ल्यान्डले हाउन्ड्सलाई ४४–३६ ले हरायो । मध्यान्तरसम्म स्नो ल्यान्ड १९–१५ ले अघि थियो । 

दोस्रो खेलमा रोयलले जेभिएर इन्टरनेसनल कलेजलाई ६८–४५ ले हराएको हो । रोयलको जितमा श्रीयुक्त शाहीले सर्वाधिक १८ स्कोर गरे । प्रत्येक क्वार्टरमा अग्रता लिएको रोयल मध्यान्तरसम्म २४–१७ ले अघि थियो । 

ग्रिन फिल्डले टाइम आउट नेपाललाई ७१–६१ ले हरायो । पहिलो क्वार्टरमा १९–९ को अग्रता लिएको ग्रिन फिल्ड दोस्रो क्वार्टरमा भने त्यत्तिको प्रभावकारी थिएन । मध्यान्तरसम्म ग्रिन फिल्ड ३४–२७ मा झरेको थियो । तेस्रो क्वार्टरमा ग्रिन फिल्डले अग्रता बढाए पछि खेल ५५ –४४ को अवस्था थियो । अन्तिम क्वार्टरमा ग्रिन फिल्डले गरेको १६ को बदलामा १७ स्कोर गरेको जेभिएर लागि सो प्रदर्शन पर्याप्त हुन सकेन । खेलमा ग्रिन फिल्डका सोनाम लामाले सर्वाधिक २३ स्कोर गरे । 

चौथो खेलमा भ्याली पब्लिकले काभ्रेलाई ७२–५० ले हरायो । मध्यान्तरसम्म भ्याली पब्लिक ३१ –२२ ले अघि थियो । भ्याली पब्लिकका प्रवीण गुरुङले सर्वाधिक २५ स्कोर गरे । 

महिला तर्फको खेलमा सन्ध्या डङ्गोलको सर्वाधिक १४ स्कोरको सहयोगमा आइएसए नेपालले भ्याली पब्लिकलाई ५०–२३ ले हरायो । मध्यान्तरसम्म आइएसए२४–४ ले अघि थियो । 

Comment