प्रदेश स्तरीय हाप्किडो सेमिनार सम्पन्न 

हाप्किडो बागमती प्रदेश स्तरीय लिडरसिप, प्रशिक्षक र रेफ्री सेमिनार काठमाडौँमा शनिवार सम्पन्न भएको छ । सेमिनारमा बागमतीका प्रदेशका नौ जिल्लाका हाप्किडो प्रशिक्षकहरूको उपस्थिति थियो । नेपाल हाप्किडो सङ्घको आयोजनामा गत महिना देखि विभिन्न प्रदेशमा यसै किसिमको कार्यक्रम आयोजना भइरहेको छ । हालसम्म गण्डकी र लुम्बिनीको प्रशिक्षण कार्य सकिएको छ । निकट भविष्यमा नै अन्य चार प्रदेशमा सेमिनारको आयोजना गरिने संघले जनाएको छ । 

सेमिनारमा १ सय जनाको हाप्किडो प्रशिक्षकको सहभागिता थियो । नेपाल हाप्किडो सङ्घका मुख्य प्रशिक्षक प्रवीण गुरुङले सहभागीलाई दीक्षित गरेका थिए । आसन्न प्रदेश र केन्द्रीय स्तरको प्रतियोगितालाई मध्य नजर गर्दै सो सेमिनारको आयोजना गरिएको हो । 

Comment