महासचिव थापा अमेरिका प्रस्थान

 नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका महासचिव घम बहादुर थापा अमेरिका प्रस्थान गरेका  छन। युएस आईटीएफको निमन्त्रणामा शनिवार, संयुक्त राज्य अमेरिका को फ्लोरिडा सहर मा आयोजना हुने फ्लोरिडा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता मा सहभागी हुन अमेरिका प्रस्थान भएका हुन। 

 युएस आईटीएफले थापा लाई विशिष्ट अतिथि तथा रेफ्रीको भूमिकाको लागि निमन्त्रणा गरेको थियो। थापा लाई नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घले राष्ट्रिय खेलकुद परिषद् का बोर्ड सदस्य  अञ्जन धमला , नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका वरिष्ठ उपाध्यक्ष वासुदेव भट्ट, उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक  उमेश राजथला , सचिव  अञ्जना सिवाकोटी, रेफ्री प्रमुख राज मन्दिर श्रेष्ठ  पूर्व महासचिव अञ्जु रावत, बागमती प्रदेश तेक्वान्दो सङ्घका कोषाध्यक्ष श्री आशिष कार्की लगायतको उपस्थितिमा बिदाइ भएको हो ।  थापाले निमित्त महासचिव को जिम्मेवारी महासङ्घकी सचिव अञ्जना  सिवाकोटीलाई दिएका छन।

Comment