गण्डकीसँग एपीएफ स्तब्ध 

केपी ओली टी–२० कपमा घरेलु टोली गण्डकीले राष्ट्रिय टोलीबाट खेलेका ७ खेलाडी भएका नेपाल एपीएफ क्लबलाई ४ विकेटले हराएको छ । जितको लागि १ सय २ रनको सामान्य लक्ष्य पाएको गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । गण्डकीको जितमा मुस्कान थापाले सर्वाधिक २५ रन बनाए । दिनेश बुढामगरले २५, गौरव विक र अभिषेक थापाले ११ – ११ रन बनाए ।

एपीएफका अभिनाश बोहराले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिँदा इर्शद अहमद, अमर रौटेला र अरुण ऐरिले १–१ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले १८.४ ओभरमा १ सय १ रन बनाएर अलआउट भयो । एपीएफका कप्तान प्रदीप ऐरिले सर्वाधिक २० रन बनाएका थिए । आसिफ शेख १२, सन्दीप जोरा डक, लोकेश बम १२, भुवन कार्की र सुमित महर्जन १४÷१४ रन बनाए । अरुण ऐरि र अमर रौटेलाले ५÷५ रन बनाए ।

गण्डकीका विपिन खत्री, अमृत गुरुङ, चन्द्रकान्त पौडेल र कमल परियारले सामान २–२ विकेट लिए । दिनेश बुढामगर र सुदिप अर्यालले १–१ विकेट लिए । समूह बि मा रहेको गण्डकीले आइतबार लुम्बिनीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा गण्डकी सेमिफाइनल खेल्नेछ । समूह ए बाट बागमती सेमिफाइनलमा पुगी सकेको छ । बागमतीले सेमिफाइनलमा समूह डी को विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह बि र सी का विजेता खेल्नेछन् ।

Comment