एपीएफ र आर्मी बिजयी

asmita
दुई बिभागिय टिम त्रिभुवान आर्मी क्लब र एपीएफ क्लबले दोश्रा नयाँबजार कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगितामा बिजयी शुरुवात गरेका छन् । नया बजार सोसल ग्राउण्डमा भएको अद्घाटन खेलमा आर्मीले आयोजक नया बजार सामाजिक युथ क्लबलाई  २५–९,२५–२२ र २५–८ ले हरायो । दोश्रो खेलमा एपीएफ क्लबले ढोरपाटन स्पोर्टस् प्रशिक्षण क्लबलाई २५–९,२५–१२ र २५–८ को सोझो सेटमा पराजित गर्यो । आयोजक कमिटि र कलाकार बीच भएको मैत्रिपुर्ण खेलमा आयोजले २–१ ले सफलता हात पारेको थियो ।
चार दिनसम्म चल्ने प्रतियोगिताको उपाधि बिजेताले १ लाख १ हजार १ सय ११ पुरस्कार पाउनेछ । त्यस्तै उपबिजेताले ६० हजार १ सय ११ पाउनेछ । तेस्रो र चौथो हुने टोलीले क्रमसः ३५ हजार १ सय ११ र ११ हजार १ सय ११ पुरस्कार पाउनेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट सेटर, ब्लकर, डिफेण्डर र क्विकरले समान तीन तीन हजार पुरस्कार पाउनेछन । उत्ृकृष्ट प्रशिक्षकले पनि चार हजार पुरस्कार पाउनेछन । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव युवराज लामाले गरे । सो अवसरमा बिभिन्न संघ–संस्था र प्रायोजक दातालाई आयोजकले सम्मान गरेको थियो ।

Comment