फिलिप हृयुज क्रिकेटका लागी अष्ट्रेलियाबाट आए तिन खेलाडी मात्र

नेपाल र अष्ट्रेलियाबिच हुने क्रिकेटको ६३ ओभरको खेल खेल्नका लागि आज निलो र रातो टिमको घोषणा भएको छ। अष्ट्रेलियाका ब्याट्सम्यान फिलिप हृयुजप्रति श्रद्धान्जली स्वरुप ६३ ओभरको क्रिकेट हुन लागेको हो ।
नेपाल र अष्ट्रेलियाबिच हुने ६३ ओभरको खेल खेल्नका लागी अष्ट्रेलियाबाट तिन खेलाडीको मात्र सहभागीता रहेनेछ ।
नेपालको तर्फबाट टीम निलोको नेतृत्व विनोद दास र अष्ट्रेलियाका लागि टिम निलोको नेतृत्व रायन कार्टरले गर्नेछन । टिम निलोको नेतृत्व  रायन कार्टरले गरेपनि निलो टिममा तिन खेलाडी मात्र अष्ट्रेलियाको हुनेछ ।
निलोमा टीम विनोद दास कप्तान, पारस खड्का, अनिल मण्डल, विनोद भण्डारी, शक्ति गौचन, प्रदिप ऐरी, करण केसी, नरेश बुढायर, अभिनाश कर्ण, भुवन कार्की, महेश क्षेत्री, अमृत भट्टराई, राहुल वि.क र रामनरेश गिरी छन्।
यसैगरी, रातो टिममा रायन कार्टर कप्तान, टीम एन्डरसन,म्याथु इलियन,शरद भेसवाकर, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, पृथु बास्कोटा, सोमपाल कामी, जितेन्द्र मुखिया, राजेश पुलामी, राजवीर सिंह र प्रज्वल शाही छन्।
सो प्रतियोगीताको दौरान नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान एवम हालका सहायक प्रशिक्षक समेत रहेका विनोद दासले आफ्नो १७ वर्षे खेल जीवनबाट सन्यास समेत लिने घोषणा गरेको छन ।

Comment