आईटीएफ खेलाडीअधिकारीको विदाई

१४ अक्टोबर देखि न्युजील्यान्डमा आयोजना हुने आईआईटीए विश्व च्याम्पियनसिप तथा न्यूजील्यान्ड ओपन अन्तर्राष्ट्रिय आइर्टीएफमा नेपालको सहभागिता रहने छ । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जन धमलाको नेतृत्वमा टोली सहभागी हुन आटेको हो । हाल चीनमा रहेका धमला सोही स्थानबाट न्युजील्यान्ड प्रस्थान गर्ने छन् ।

त्यस प्रतियोगितामा सहभागि हुने बादल अधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का कार्यवाहक सदस्य सचिव प्रकाश कुसारीले आइतबार बिदाइ गरे । बिदाइ समारोहमा मास्टर अञ्जु रावत र सिम्रन गुरुङ पनि उपस्थित थिए । 

Comment