नुवाकोटमा तेक्वान्दोकर्मीको सम्मान

नुवाकोटको पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमको १५औँ वार्षिक साधारण सभाको अवसरमा नेपाली तेक्वान्दो प्रशिक्षक एवम् राष्ट्रिय रेफ्री तथा युएईको पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री जगन अधिकारी सम्मानित भएका छन । 

शनिवार नुवाकोट विदुरमा आयोजित समारोहबिच सम्मानित अधिकारीलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीले दोसल्ला ओढाई सम्मान–पत्रले सम्मान गरेका हुन् ।

समारोहमा नेपालमा र विदेशमा समेत सफलता हासिल गरेका कारण विदुर नगरपालिका–८ निवासी जगन अधिकारीलाई सम्मान गरिएको हो । 

नुवाकोट तेक्वान्दो डोजाङबाट बि.स. २०६० सालमा खेल जीवन सुरु गरी जिल्ला हुँदै राष्ट्रिय स्तर सम्म खेल खेली बि.स २०६३ सालमा तेक्वान्दो प्रशिक्षक बनेका अधिकारी २०६६ मा राष्ट्रिय रेफ्री भएका हुन् । २०७८ मा उनी  युएईमा पनि उनी राष्ट्रिय रेफ्री भएका हुन् । नेपाल र युएई दुवै देशमा राष्ट्रिय रेफ्री हुने उनी पहिलो हुन् । देश र जिल्लाको नाम विदेशी भूमिमा राख्न सफल अधिकारीको योगदानको कदर गर्दै सम्मान गरिएको एफएमका स्टेसन प्रबन्धक श्रीराम अधिकारीले जानकारी दिए ।

सोही समारोहमा लोकगायक स्रष्टा बलराम अधिकारीलाई पनि सम्मान गरेको थियो। साहित्य सङ्गीतकलामा पोख्त भई कुरीति, कुसंस्कार विरुद्ध तथा सामाजिक समानताको लागि आवाज बुलन्द पारी लोकगीत सङ्गीत कामर्मज्ञ गायक खतिवडा सम्मानित भएका हुन।

दुप्चेश्वर गाउँपालिकाका निवासी स्रष्टा अधिकारीका “पिरतीको पिरले मनै‘” बोलको लोकगीत प्रख्यात छन् ।

Comment