राष्ट्रिय खुला पुरुष भलिवलको तयारी पुरा

volleyball gents
नयाँबजार कप राष्ट्रिय पुरुष भलिवलको दोस्रो  संस्करण आगामी बुधबारदेखि सुरु हुने भएको छ । आयोजक नयाबजार सामाजिक युवा क्लवले पत्रकार सम्मेलन गरि प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।
राष्ट्रिय पुरुष भलिवलका लागि तीन बिभागीय सहित छ टोलीको सहभागीता रहनेछ । प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, शसस्त्र प्रहरीको एपीएफ क्लव, स्याङ्जाको आँधीखोला स्पोर्टस क्लव, काठमाडौको ढोरपाटन भलिवल ट्रेनिङ सेन्टरको टोली र आयोजक टोलीको सहभागीता रहने प्रतियोगिताका संयोजक पदमकुमार श्रेष्ठले जानकारी दिए । सहभागी ६ टोलीलाई दुई समुहमा विभाजन गरि लिगकम नकआउटका आधारमा प्रतियोगिता खेलाईनेछ । समूहका शिर्ष २ टिमले बिजेता र उपबिजेताको रुपमा सेमिफाईनल खेल्ने छन् ।
चार दिनसम्म चल्ने प्रतियोगिताको उपाधि बिजेताले १ लाख १ हजार १ सय ११ पुरस्कार पाउनेछ । त्यस्तै उपबिजेताले ६० हजार १ सय ११ पाउनेछ । तेस्रो र चौथो हुने टोलीले क्रमसः ३५ हजार १ सय ११ र ११ हजार १ सय ११ पुरस्कार पाउनेछन । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट सेटर, ब्लकर, डिफेण्डर र क्विकरले समान तीन तीन हजार पुरस्कार पाउनेछन । उत्ृष्ट प्रशिक्षकले पनि चार हजार पुरस्कार पाउनेछन ।
प्रतियोगिताको बजेट करिव १२ लाख अनुमान गरिएको छ । प्रतियोगिताका लागि सामाजिक क्लवको आन्तरिक श्रोत र स्थानिय चन्दादाताबाट सहयोग लिइएको क्लवका अध्यक्ष भगवान थापाले जानकारी दिए । पत्रकार सम्मेलनमा प्रतियोगिताका सह संयोजक बिकास गुरुङ र भलिवलका अन्तराष्ट्रिय रेफ्री क्यानिडेड कुलबहादुर रानाको उपस्थिती थियो ।
बुधबारदेखि शनिबारसम्म चल्ने प्रतियोगिताका सबै खेलहरु नयाँबजारस्थित सामाजित युवा क्लवको मैदानमा हुनेछ । प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि नेपाल पुलिस क्लवले जितेको थियो ।

Comment