हाप्किडोमा काली बहादुरको निरन्तरता

काली बहादुर घर्ती मगरको नेतृत्वलाई निरन्तरता दिँदै नेपाल हाप्किडो सङ्घको दोस्रो अधिवेशन बिहीबार सम्पन्न भयो । अधिवेशनले १५ सदस्सीय कार्य समितिको निर्विरोध चयन गरेको छ । 

बालन कुमार श्रेष्ठ, सुस्मिता गुरुङ, दिब्यराज गुरुङ र तारा माया थापा उपाध्यक्षमा निर्वाचित भए । इन्द्र बहादुर महरा महासचिव, भुवन बुढा मगर उप महासचिव, टिकाराम घर्ती मगर सचिव तथा पद्मा खयरगोली उपसचिव भए । यसै गरी, विजया कुमारी वाइबा कोषाध्यक्षमा चयन भइन् । 

मोहम्मद मोहसिन हलवाई, निम बहादुर खत्री क्षेत्री, रवि सुनार, खेम पुन र प्रेम कुमार लामा सदस्य भए । 

निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का खेलकुद विकास विभागका प्रमुख मीन कुमार शर्माले शपथ ग्रहण गराए । कार्यक्रममा सङ्घ संस्था समन्वय शाखाका प्रमुख चन्द्र राई प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेको पनि उपस्थिति थियो । 

Comment