नुवाकोट आइटिएफमा हरिकृष्ण

नुवाकोट जिल्ला आइटिएफ तेक्वान्दो सङ्घको अधिवेशन आइतबार सम्पन्न भयो । महासङ्घका केन्द्रीय कोशाध्यक्ष वासुदेव भट्ट, बाग्मती प्रदेश आइटीएफ तेक्वान्दो महासङ्घका उपाध्यक्ष तुलसी थापा मगर,जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि सरोज तामाङको उपस्थितिमा अधिवेशन भएको हो । 

अधिवेशनले हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरेको छ । अरुण कुमार श्रेष्ठ र राजकुमार रिजाल उपाध्यक्ष भए । वासुदेव भट्ट सचिव भए । राम कुमार बोगटी सह सचिव भए । यसै गरी जमुना गजुरेल कोशाध्यक्ष भए । 

तुलसी थापा मगर,शिव श्रेष्ठ,नरेन्द्र जोशी,राजेन्द्र रिजाल,सुनिल श्रेष्ठ,सुशील पण्डित र कमल गुरुङ सदस्य भए । 

Comment