रूपसिंह पाँचौँ डान

नेपाल आइटीएफका सचिव रूपसिंह मोक्तान पाँचौँ डानमा उत्तीर्ण भएका छन् । काजकिस्तानमा जारी विश्व च्याम्पियनसिप तथा सेमिनारको क्रममा मोक्तानले पाँचौँ डान पाएका हुन् । रामेछाप खाँडादेवीका स्थायी बासिन्दा मोक्तान नेपालमा आइटिएफको विकास क्रम देखि आबद्ध छन् । 

उनी यस खेलमा आबद्ध भएको २१ वर्ष भएको छ । आइटिएफ तेक्वान्दोमा सृजनशील व्यक्तित्वको रूपमा सक्रिय उनको पहलमा आँडादेवीमै आइटिएफ तेक्वान्दो एकेडेमी समेत स्थापना भएको छ । 

सो एकेडेमी नेपाल आइटिएफको इतिहासमा पहिलो हो । सोही स्थानमा आइिटिएफका संस्थापक दिवंगत जनरल चोइ होङ कीको पूर्ण कदको सालिक बनाइएको छ । त्यस सालिकका कारण नेपाल आइटिएफ संसार नै हबको रूपमा चिनिएको छ । आइटिएफको महाधिवेशनमा समेत नेपालको प्रशंसा भएको थियो । अर्को वर्ष सालिक अनावरणमा विश्वभरका आइटिएफ ग्रान्डमास्टर नेपाल आउने भएका छन् । 

Comment