ममितालाई दुई पदक

mamita insert

अमेरिकाको लस भेगसमा भएको ओजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालकी ममिता श्रेष्ठले दुई पदक जितेकी छन् ।
ममिताले भेट्रान महिलाको ३५–४५ वर्ष उमेरसमूहको कुमुतेमा रजत र एकल कातामा कांस्य जितेको नेपाल सोतोकान कराते डो संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् । कुमुतेको फाइनलमा ममिता क्यानाडाकी खेलाडीसंग पराजित भएको बताइएको छ । उक्त च्याम्पियनसिप अप्रिल ३ र ४ तारिखमा भएको थियो ।
अब ममिताले जापानमा अप्रिल ८ देखि १३ तारिखसम्म सञ्चालन हुने जेकेए गोसाकु तालिम शिविरमा सहभागिता जनाउने शेर्पाले बताए । ममिता अप्रिल १४ तारिखमा स्वेदश फर्कने कार्यक्रम छ ।

Comment