एकेडेमीबाट रेमिलाको सम्मान

अन्तर्राष्ट्रिय रेफ्री हुन सफल रमिला खत्रीलाई मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीले पोखरामा बधाई दिएको छ । पोखरा रुपा गाउँपालिका वडा नं ५ देउरालीकी रमिला कास्कीबाट तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्रि हुन सफल मध्येकी एक हुन् । उनलाई रुपा गाउँपालिकाले समेत सम्मान गरिसकेको छ ।

पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रमका बिच एकेडेमीका गण्डकी प्रदेश सह इन्चार्ज कृष्ण तिम्सिना, एकेडेमीका केन्द्रीय सदस्य तिलक बहादुर अधिकारी, केन्द्रीय सदस्य शान्त बहादुर बस्नेत, कास्कीका अध्यक्ष रामजी प्रसाद अधिकारी, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख सुन बहादुर लामा, एकेडेमीका सचिव दीपक आचार्य, कोषाध्यक्ष विजय भुजेल लगायतले उनलाई स्वागत सँगै सम्मान गरेका थिए ।

Comment