ललितपुरका खेलाडीको बिदाइ

ललितपुर जिल्ला आइटीएफ संघले यस वर्ष एसइई उत्तीर्ण हुने ललितपुरका आइटिएफ खेलाडीको सम्मान गर्नुका साथै यसै महिना हैदरावादमा आयोजना हुने सातौँ दक्षिण एसियाली आइटीएफमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरेको छ । 

कार्यक्रम महालक्ष्मी नगरपालिकाका उपप्रमुख अतिथि लक्ष्मी महर्जनको प्रमुख आतिथ्यमा तथा ललितपुर जिल्ला आइटीएफका अध्यक्ष राजीव महर्जनको सभापतित्वमा भएको थियो । नेपाल आइटीएफका डाटा प्रमुख पुकार केसीले दिएको जानकारी अनुसार महालक्ष्मी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन्द्र देव सिंहको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो । 

सिंहले अन्तर्राष्ट्रिय आइटीएफमा उपाधि हात पार्ने

रमित बस्नेतलाई व्यक्तिगत रूपले पुरस्कृत समेत गरेका थिए । कार्यक्रममा सो प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान समेत गरिएको थियो । 

Comment