पामलाई सीडब्लुसीएनलाई जुडो उपाधि

surya gurue
बन्दी सहायता नियोग (पाम) ले प्रथम सीडब्लुसीएन अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपको उपाधि शुक्रबार जितेको छ । पामले ७ स्वर्ण, १ रजत र १ कांस्य जित्दै टिम च्याम्पियन बन्यो । घरेलु खेलाडीको सहभागितामा भएको गत दुई संस्करणको प्रतियोगितामा पनि पाम नै च्याम्पियन बनेको थियो । २ स्वर्ण, ४ रजत र २ कांस्यमा आयोजक बाल वातावरण केन्द्र (सीडब्लुसीएन) ‘सी’ दोश्रो भयो । तेश्रो स्थानको आयोजक ‘ए’ ले १ स्वर्ण, २ रजत र ४ कांस्य हात पा¥यो ।
पुरुषमा भुटानका तान्डिङ वाङचोक र महिलामा पामकी मनीता प्रधान श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दुवै आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता हुन् ।
अन्तिम दिन पुरुषको ३५ केजीमा पामका प्रमोद मण्डल, ४५ केजीमा होप्याडका लक्ष्मण जिसी र ५५ केजीमा एमएमएसीका किरण गडेलले स्वर्ण जिते ।
महिलाको ३६ केजीमा पामकी रुकसाना खातुन, ४४ केजीमा पामकी देवीकामाया श्रेष्ठ, ५२ केजीमा आयोजक ‘सी’ की कविता नेपाली तथा खुलामा केन्द्रीय जुडोकी पुनम श्रेष्ठले पहिलो स्थान हात पारे ।
विजेतालाई नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, पि फ्लास्टर कम्पनी, जापानका अध्यक्ष तोमोकी खाजामी, बाल कल्याण समाजका संस्थापक अध्यक्ष किरणदत्त तिवारीलगायलते एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।
दुईदिने प्रतियोगितामा नेपाल र भुटानका १ सय २६ खेलाडीले १६ स्वर्णका लागि प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

Comment