नेपाली खेलाडी ४ सय मिटरमा लगभग २७ सेकेन्ड भन्दा बढी पछाडि

नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएको फुकुओकाबाट नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् । नासिरले ४ सय मिटर फ्रिस्टाइलमा ४ मिनट ८दशमलव२३ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम गरेका हुन् । यस अघि नासिलको नाममा ४ मिनट १२।१७ सेकेन्ड समयको कीर्तिमान कायम थियो । नासिरले उक्त कीर्तिमान आषाढमा आयोजना भएको ११ औँ एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन् ।

अव सोमबार नासिरले पुरुष २०० मिटर फ्रिस्टाइल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् । नासिर हिट चरणमा सहभागि ५५ जना मध्य ४६ औ भएका थिए । सो स्पर्धामा अस्ट्रेलियाका साम सर्टले ३ मिनेट ४० दशमलव ६८ सेकेन्डमा दुरी तय गर्दै पहिलो स्थान पाए । 

Comment