तेक्वान्दो आयोजक नाफामा

taekwondo-4
नेपाल तेक्वान्दो संघ अन्तरगत रहेको महिला सुद्धीढिकरण समितीले फागुन महिनामा सञ्चालन गरेको राष्ट्रिय महिला तेक्वान्दो च्याम्पियनसीपको हिसाव सार्वजनिक गरेको छ । समितीका प्रमुख नन्दा बस्यालले दिएको जानकारी अनुसार ३ लाख ५० हजार रुपिया बजत भएको छ ।
१० लाख १३ हजार १ सय ७० आम्दानी रहेको प्रतियोगितामा ६ लाख ६३ हजार १ सय ७० रुपिया खर्च भएको थियो । आयोजकले युयुएनटीएफबाट २ लाख ५८ हजार ,सगरमाथा युके तेक्वान्दो डोजांगका प्रमुख मास्टर राष्ट्र राइबाट ४८ हजार तथा सुद्धोधन रञ्जितबाट ४५ हजार रुपिया प्राप्त भएको थियो । यसैगरी, गणेश अर्याल र कमला कार्कीले गरी बेस्ट प्लेयरका लागि कुल ५० हजार रुपिया सहयोग गरेका थिए । यसैगरी, तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलले पदक तथा पारा तेक्वान्दो संघका अध्यक्ष जर्दादन ढुंगेलले ट्रफी र टोकन अफ लभ प्रायोजन गरेका थिए । यसैगरी, एनआरएन युकेका उपप्रमुअ हिराधन राइबाट आयोजकले २० हजार रुपिया पाएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयबाट २ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद्बाट ३ लाख रुपिया र अन्य संघ सस्थाबाट ४२ हजार १ सय ७० रुपिया सहयोग आयोजकले पाएको थियो । नेपालमा प्रतियोगिताको संयोजन नन्दा बस्यालले गरेकी थिइन् भने विदेशमा आर्थीक संयोजनको जिम्मेवारी कल्पना कार्कीले पुरा गरेकी थिइन् । यसैगरी, अमेरिकामा रहेका युयुएनटीएफमा आबद्ध सबै अधीकारी प्रतियोगिता सञ्चालन गर्न सक्रिय रहेका थिए ।

Comment