थाइल्यान्डमा नेपाली खेलाडीलाई सफलता

थाइल्यान्डको बैंककमा भएको पहिलो तिराक एन्ड केटीएम तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी निरु मगरले पुम्सेका दुई स्वर्ण पदक जितेकी छिन् । यसै गरी प्रेम दर्नाल र रेखमाया गुरुङले एक स्वर्ण र एक रजत पदक जितेका छन् । करुण खाँणले एक स्वर्ण पदक जिते भने विक्रम लामिछानेले एक स्वर्ण र एक रजत पदक जिते । 

यसै गरी, प्रवीण बायम र रमियोङ गुरुङले एक कांस्य पदक जितेका छन् । टोली प्रमुख प्रेम दर्नाल थिए । नेपाली तेक्वान्दोमा समर्पित व्यक्तित्व प्रेम साउदी अरेबियामा रहँदा पनि नेपालको प्रतिनिधीत्व गर्दै थुप्रै सफलता पाएका थिए । नेपाल फर्किए पछि पनि आफै खेलेर थुप्रै प्रतियोगितामा सफलता पाएका छन् भन डोजाङ स्थापना गरेर प्रतिभाशाली खेलाडी उत्पादनमा सक्रियता देखाइरहेका छन् । 

प्रेमले यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार समेत पाएका थिए । यसै गरी निरुले मदन भण्डारी स्पोर्ट्स एकेडेमीबाट सम्मानित हुने अवसर पाएकी थिइन् । यी दुवैले एक लाख रुपैयाँ पुरस्कार पाएका थिए । 

Comment