पूजा सिन्धुली आइटीएफकी अध्यक्ष

पूजा खुलाल मगरको अध्यक्षता नेपाल आइटिएफ सिन्धुली जिल्ला सङ्घ गठन भएको छ । सो सङ्घको उपाध्यक्षमा जीवन खुलाल मगर र सचिव सुजन पुलामी मगर चयन भए । रञ्जु पुलामी मगर कोशाध्यक्ष रहेको सङ्घका योग कुमार थापा मगर,विक्रम थापा मगर, पवित्रा मगर, यशोदा खुलाल र सुसित खुलाल मगर छन् । 

जिल्ला अधिवेशन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वीर बहादुर थिङको प्रमुख आतिथ्यमा भएको हो । तेक्वान्दो महासङ्घका डाटा संरक्षक पुकार केसीको पनि कार्यक्रममा उपस्थिति थियो । 

Comment