सेलिशालाई आर्थिक सहयोग

अखिल नेपाल टेबल टेनिस संघले क्यान्सरको उपचार गराइ रहेकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीलाई शनिवार उपचार खर्च सहयोग स्वरूप प्रदान गरेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा टेबल टेनिस सङ्घका अध्यक्ष चतुरानन्दराज वैद्यले सेलिशाका पिता सुनीललाई ९ लाख ६० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

टेबल टेनिस संघले सेलिशाको उपचार खर्च सङ्कलन गर्न टेबल टेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको थियो । सेलिशाको उपचारमा सहयोग गर्न संघले राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता आयोजना गर्नुका साथै विभिन्न महानुभाव र सङ्घ संस्थासँग आग्रह पनि गरिएको थियो ।

सबैबाट सङ्कलित ९ लाख ६० हजार रुपैयाँ उपचारका लागि हस्तान्तरण गरिएको टेबल टेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् । सेलिशाको भारतमा राजीव गान्धी अस्पतालमा उपचार भइरहेको छ ।

Comment