यु–१६ विजेता खेलाडीहरूलाई एसपीएको सम्मान

अघिल्लो साता मलेसियामा सम्पन्न एसीसी यु–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीहरूलाई एसपीए कलेजले सम्मान गरेको छ । नेपाली टोलीमा रहेका सुदूरपश्चिम तीन जना खेलाडीहरू विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार सम्मान गरेको हो ।

घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रो पटक यु–१६ इस्ट जोनको उपाधि जितेको थियो । कञ्चनपुरका आशिष एसपीए क्रिकेट टोलीको समेत कप्तान समेत हुन् । उनी एसपीए कलेजमा कक्षा १२ मा अध्ययनरत छन् । 

यस्तै फाइनलमा प्रतियोगितामा शतक प्रहार गर्नु भएका ओपनर ब्याटर नरेन भट्ट बैतडी जिल्लाबाट  प्रतिनिधित्व गर्छन् । अशोक धामी बझाङका हुन् । तीनै जनालाई एसपीएले स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ । यस्तै एसपीएले धनगढी क्रिकेट एकेडेमीमा तीनै जनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाइएको छ ।

Comment