प्रधानमन्त्री कप भलिबल सुरु

नेपाल भलिबल सङ्घको आयोजनमा राजधानीमा आजबाट सातौँ प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० सुरु भएको छ ।

लिगको उप–प्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि उप–प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले हालका प्रधानमन्त्रीको कार्यकालमा भएको भलिबललाई राष्ट्रिय खेलको रूपमा गरेको घोषणालाई खेलाडी तथा नेपाल भलिबल संघले औचित्य पुष्टि गर्दै राष्ट्रिय गौरवमा अभिवृद्धि गरेको बताए । 

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले प्रतियोगितामा उप–प्रधान तथा गृहमन्त्रीको उपस्थितिले उहाँले राज्यलाई सुशासनको दिशामा अग्रसर गरेको कार्यको प्रशंसा गर्दै खेलकुद क्षेत्रमा पनि भ्रष्टाचारको जालो छ भने त्यसलाई तोड्न आवश्यक रहेको बताए । प्रचण्डको नेतृत्वमा रहेको सरकारले राष्ट्रिय खेलको रूपमा भलिबललाई घोषणा गरेको कार्यलाई नेपाल भलिबल संघले पुष्टि गरेको भन्दै प्रतियोगिताको सफलताको लागि शुभकामना व्यक्त गरे ।

पहिलो दिन नेपाल पुलिसले पुरुष तर्फको खेलमा सङ्घर्षपूर्ण जित निकाल्दै गण्डकी प्रदेश भलिबल क्लब सँग अङ्क बाढेको छ ।

पुलिसले विदेशी खेलाडीले सज्जित गण्डकीलाई ३–२ सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट २५–२१, २५–१६ ले जितेको पुलिसले तेस्रो सेट १३–२५ ले गण्डकीलाई सुम्पन पुग्यो । चौथो सेटमा ६ अङ्कको अग्रता लिँदै जितको नजिक पुगेको पुलिसले आफूलाई सम्हाल्न नसक्दा २४–२६ ले गण्डकीलाई सेट सुम्प्यो । अन्तिम तथा निर्णायक खेलमा १५–१० ले जित हात पार्दै पुलिसले गण्डकी सँग अङ्क बाढ्न बाध्य भयो । पुलिसको यस खेल पश्चात् २ अङ्क र गण्डकीको १ अङ्क भएको छ ।

अर्को नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सैलुङ बाघ ढुङ्गा स्पोर्टस् क्लबलाई २५–८, २५–१३, २५–१७ को सहज जितका साथ महत्त्वपूर्ण ३ अङ्क बटुल्न सफल भयो ।

नेपाल भलिबल सङ्घको आयोजनमा भएको लिगको अर्को खेलमा एपिएफ क्लबले जित हात पा¥यो । एपिएफले दावाँली मिलन क्लबलाई २५–२२, २५–१३, २५–२३ ले पराजित गरेको हो । यसका साथै एपिएफको ३ अङ्क भएको छ ।

 महिलाको खेलमा पुलिस क्लबले गण्डकी माथि जित हात पा¥यो । पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ को सहजै पराजित गरेको हो । यसका साथै पुलिसले ३ आफ्नो खातामा ३ अङ्क जोड्यो ।

प्रतियोगितामा जित हात पार्ने टिमले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने काभा क्लब लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

अनुमानित ७५ लाख खर्च हुने लिगमा महिला तथा पुरुष तर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले रु. ३५÷३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही रु. १५÷१५ हजार प्राप्त गर्ने छन् ।

लिगमा गत माघ महिनामा सम्पन्न क्लब च्याम्पियनसिपबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको ए.पी.एफ. क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब – काठमाडौँ, गण्डकी प्रदेश भलिबल सङ्घ, शैलुङ्ग बाघ ढुङ्गा स्पोर्टस् क्लब – रामेछाप गरी ७ क्लबहरू सहभागी छन् ।  महिला तर्फ नेपाल प्रहरी, होङ्गवाङ्गजी न्यु डायमन्ड यूथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब – बुटवल र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टिमहरूको सहभागिता रहेको छ ।

Comment