भक्तपुरमा जुनियर आइटीएफ

भक्तपुरको गठ्ठाघर स्थित न्यु सङ्गम पार्टी प्यालेसमा शुक्रवार १३ औँ राष्ट्रिय जुनियर आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । सो समारोह राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको प्रमुख आतिथ्यमा भएको थियो । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य, एसिया आईटिएफ तेक्वान्दोका कार्यकारी सदस्य, दक्षिण एसिया आईटिएफ तेक्वान्दोका उपाध्यक्ष अञ्जन धमलाको विशेष आतिथ्य तामा तथा भक्तपुर आईटिएफ तेक्वान्दो सङ्घका अध्यक्ष आशिष् कार्कीको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रतियोगितामा कुल २० स्वर्णका लागी प्रतिस्पर्धा भइरहेको छ । 

Comment