पामलाई चार स्वर्ण

judo insert

प्रथम सीडब्लुसीएन अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपको पहिलो दिन बिहीबार ८ स्वर्णकालागि प्रतिस्पर्धा भएको पामले चार स्वर्ण जितेको छ ।
नयाँपाटीस्थित आयोजक बाल वातावरण केन्द्र, नेपाल (सीडब्लुसीएन)को हातामा भएको पुरुषको ४० केजीमा सुबोध मण्डल र ६० केजीमा इन्द्रबहादुर श्रेष्ठले पामलाई स्वर्ण दिलाए । त्यस्तै महिलाको ३२ केजीमा विनिशा भुजेलतथा ५७ केजीमा मनीता प्रधान श्रेष्ठले पामका लागि स्वर्ण जिते ।
सुबोधले बालविकास स्कुलका जनक तामाङ तथा इन्द्रले आयोजक सीडब्लुसीएन ‘सी’कादिनेश बुढा मगरलाई पराजित गरे । विनिशाले न्यु होराइजनकी सकुन सुनुवार तथा मनीताले सीडब्लुसीएन ‘सी’की रमा नेपालीलाई हराए ।
अन्य प्रतिस्पर्धाको पुरुष ३० केजीमा ओसिडका आशबहादुर कामीले होप्याडका पदम नेपाली तथा ५० केजीमा सीडब्लुसीएन ‘सी’का सन्जोग भट्टले भुटानका कर्मा योइजरको चुनौती फाइनलमा समाप्तपार्दै शीर्ष स्थान हात पारे ।
महिलाको ४० केजीमा बालविकासकी सुनीता थापा मगर तथा ४८ केजीमा सीडब्लुसीएन ‘ए’कीमनीषा महर्जनले पहिलो स्थानहातपारे । सुनीताले सीडब्लुसीएन ‘ए’की सुमित्रा बैलकोटी तथा मनीषाले पामकी विनिता भुजेललाई पाखा लगाए ।
बिहीबारका विजेतालाई समाज कल्याण परिषद्का सदस्य–सचिव इ. रविन्द्रकुमार यादवले पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको पि फ्लास्टर कम्पनी, जापानका अध्यक्ष तोमोकी खाजामीले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा नेपालका १ सय १५ र भुटानका ११ गरी १ सय २६ खेलाडीले कुल १६ स्वर्णकालागि प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक धर्मकुमार श्रेष्ठले जनाएका छन् । पुरुष र महिलामा समान ८–८ स्पर्धा समावेश छन् ।
अन्तिम दिन शुक्रबार पुरुष र महिलामा समान ४–४ गरी ८ स्वर्णकालागि प्रतिस्पर्धा हुनेछ । विगतका दुई संस्करण घरेलु खेलाडीको सहभागितामा सीडब्लुसीएन जुडो कपको नाममा भएको थियो ।

Comment