त्रियोग बास्केटबल सुरु

प्रथम त्रियोग अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आइतबार त्रियोग हाई स्कुलमा सुरु भयो । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ गरी कुल १५ विद्यालयको सहभागिता रहेको छ । दुवै समूहको टोलीहरूलाई ३÷३ विद्यालयको ४÷४ समूहमा बाँडिएको छ । 

उद्घाटन खेलमा महिला तर्फ त्रियोगले काठमाडौँ विद्या कुञ्जलाई १४–१२ ले हराउँदै विजयी सुरुवात गरेको छ । पुरुष तर्फको खेलमा दिक्षालयले त्रियोगलाई ३४–२७ ले हराउँदै विजयी सुरुवात गरेको छ । त्यसै गरी पुरुष समूह चरणका अन्य खेलहरुमा बुढानीलकण्ठले निस्टलाई १८–११ र ज्ञानोदयले जोन डेवीलाई ३७–११ ले पराजित ग¥यो । 

महिला तर्फका खेलमा भने दिक्षालयले निस्टलाई २३–११ ले र ज्ञानोदयले बृहस्पति विद्या सदनलाई १९–०७ ले पराजित ग¥यो । प्रतियोगिता कुल ६ दिन सम्म चल्नेछ । 

Comment