गण्डकी प्रदेशमा आइटीएफ तेक्वान्दो हुँदै 

गण्डकी प्रदेशमा तेस्रो आइटिएफ तेक्वान्दो प्रतियोगिता शनिवार सुरु हुँदै छ । पोखरा रङ्गशालाको कभर्ड हलमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको संयोजन, गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना तथा गण्डकी प्रदेश आइटीएफ तेक्वान्दो सङ्घको सह आयोजनामा तेस्रो (आइटिएफ) तेक्वान्दो गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिता २०८० सुरु हदै छ । 

यसै सन्दर्भमा प्रथम कास्की जिल्ला स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता २०८० पनि आयोजना हुने छ । साथै गण्डकी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो टेक्निकल तथा प्रशिक्षक सेमिनार पनि आयोजना हुने छ । 

प्रतियोगितामा गण्डकी प्रदेश भित्रका ७ जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, नवलपुर, बागलुङ, म्याग्दी र स्याङ्जाका गरी करिब ३०० खेलाडीले २८ स्वर्ण , २८ रजत तथा ३२ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता मा एकल स्पाइरिङ तथा एकल प्याट्रन मा प्रतिस्पर्धा हुनेछ । जसमा स्पारिङ तर्फ पुरुष ४५ देखि ८५ केजी सम्म, महिला तर्फ ४० देखि ७० केजी सम्म र एकल प्याट्र्न तर्फ हरियो बेल्ट देखि ब्ल्याक बेल्ट तेस्रो डान सम्म  प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको पूर्व सन्ध्यामा अम्पायर सेमिनार दिइएको छ । २ दिने प्रतियोगितामा करिब १२ लाख ५० हजार रुपियाँको लागत छ । प्रदेश खेलकुद परिषद् गण्डकीको मुख्य सहयोग रहेको छ भने विभिन्न  संस्थाहरू र विभिन्न व्यक्तित्व हरूबाट सहयोग भएको गण्डकी प्रदेश आइटीएफका अध्यक्ष घम बहादुर थापाले जानकारी दिए । 

थापाको संयोजकत्वमा गठित मूल आयोजक कमिटीमा  रेफ्री तथा अफिसियल संयोजक आकाशचन्द्र घर्ती मगर, आर्थिक संयोजक प्रतीक घर्ती मगर, हल तथा स्टेज व्यवस्थापन संयोजक सुरज सुनार, खेलाडी तथा होटेल व्यवस्थापन विशाल बुढामगर र  स्टेज व्यवस्थापन संयोजक बिक्की सुनार छन् । प्रेस तथा मिडिया संयोजक कविता घर्ती मगर, अतिथि व्यवस्थापन संयोजक हेबिन्द्र खड्का, तथा खेलकुद प्रदर्शन संयोजकमा फारम महत रहेका छन् । 

Comment