पुलिसका दुवै टिमलाई सफलता

volleyball photo

नेपाल पुलिसको पुरुष तथा महिला टिमले दोस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा सफलता हात पारेका छन् । वुधवार भएको पुरुषतर्फको खेलमा नेपाल पुलिसले कान्छो क्लब हेल्प नेपाल स्पोर्टस् लाई ३–१ ले हरायो । पुलिसले पहिलो सेट २५–१९ ले जितेको थियो । दोश्रो सेटमा हेल्प नेपाल स्पोर्टस् क्लबले २५–२१ ले कब्जा जमायो । तेश्रो र चौथो सेट भने पुलिसले २५–२१ र २५–१४ ले आफ्नो पक्षमा पारे पछि अपराजित रहदै दोश्रो जित दर्ता गर्यो । पुलिसकै महिला टिमले पहिलो जित निकाल्ने क्रममा दाङको चिरगाउ खेल विकास समितिलाई २५–८,२५–१० र २५–८ को सोझो सेटमा हरायो । महिलाको दोश्रो खेलमा पश्चिमान्चलले जाउलाखेललाई २५–१०,२५–१० र २५–१३ को सोझो सेटमा हरायो ।
नेपालभलिबल संघको आयोजनामा राखेप कभर्डहलमा संचालन भएको पुरुषतर्फको अन्य खेलमा एपीएफ र भक्तपुर नगरपालीका भलिबल प्रशिक्षण समुह बिजयी भएका छन् । एपीएफले आफ्नो दोश्रो जित दर्ता गर्ने क्रममा काभ्रे जिल्ला भलिबल संघलाई २५–१०,२५–१० र २५–९ को सोझो सेटमा हरायो । भक्तपुर नगरपालीका भलिबल प्रशिक्षण समुहले ढोरपाटनलाई २३–२५,२५–१८,२५–१९ र २६–२४ ले हरायो । त्यस्तै त्रिभुवन आर्मी क्लबले जाउलाखेललाई २५–१४,२५–११ र २५–१६ को सोझो सेटमा हरायो ।

Comment