महोत्तरीका खेलाडीको उत्कृष्ट प्रदर्शनको विश्वास

बाराको गढीमाईमा जारी प्रथम गढीमाई अन्तर्राष्ट्रिय प्रतियोगितामा महोत्तरीका खेलाडीको उत्कृष्ट प्रदर्शन गर्ने विश्वास रहेको प्रशिक्षक तथा महोत्तरी तेक्वान्दो सङ्घकी अध्यक्ष रजनी लामाले विश्वास व्यक्त छिन् । 

प्रतियोगितामा महोत्तरीका विनीता शर्मा र विवेक श्रेष्ठले सहभागिता जनाएका छन् । उनीहरूको बिदाइ कार्यक्रममा लामाले सो विश्वास व्यक्त गरेकी हुन् । प्रदेश तेक्वान्दो सङ्घका उपाध्यक्ष सुरेश लामाले बिदाइ गरेका थिए । प्रदेश तेक्वान्दो सङ्घका सदस्य टेक बहादुर लामाको उपस्थिति थियो । 

Comment