महोत्तरीलाई तेस्रो स्थान

बाराको गढीमाईमा ४ देखि ६ जेठमा आयोजना हुने प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि भएको मधेस प्रदेशको छनोटमा महोत्तरीले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक रजनी लामाले जानकारी दिएकी छन् । महोत्तरीका विनीता बर्मा ५३ किलो तौल समूहमा तथा ३७ किलो तौल समूहमा विवेक श्रेष्ठ छनोट भए ।

२८ देखि ३० बेशाखामा चन्द्र निगाहपुरमा भएको मधेस प्रदेश स्तरीय मेयर कप तेक्वान्दो च्याम्पियनसिपबाट खेलाडी छनोट भएका हुन् । सो च्याम्पियनसिपमा महोत्तरी तेस्रो भएको थियो । 

Comment