फिडे मास्टर श्रेष्ठको निधन

नेपाल बुद्धिचाल सङ्घका पूर्व उपाध्यक्ष तथा फिडे मास्टर सुजेन्द्र श्रेष्ठको शुक्रवार निधन भएको छ । श्रेष्ठ क्यान्सर रोगको उपचार गराइ रहेका थिए । दिवंगत श्रेष्ठको शुक्रवार नै अन्तिम संस्कार गरिएको छ । 

नेपाली चेसमा महत्त्वपूर्ण योगदान दिएका श्रेष्ठकै पहलमा नेपालमा मखन चेस क्लब चलेको थियो । नेपाली चेसलाई व्यावसायिक बनाउने क्रममा श्रेष्ठकै पहलमा दुई  दशक अघि नै पहिलो रेटिङ प्रतियोगिता भएको थियो । 

नेपाली चेस समुदायले शोक व्यक्त गर्दै श्रेष्ठको निधन अपूरणीय क्षति भएको जनाएको छ । 

Comment