क्रिकेट विकासमा १०० स्पोर्ट्सको थप चासो

खेलकुद विकासमा सक्रिय १०० स्पोर्ट्सले नेपालमा फरक क्षमता भएका क्रिकेट खेलाडीहरूको विकासमा पहल  र जिम्मेवारी लिएको छ । १०० स्पोर्ट्सका संस्थापक रवीन्द्र भाटी, डिफरेन्टली एबल्ड क्रिकेट क्रिकेट कमिटी अफ बीसीसीआईका सदस्य तथा डिफरेन्टली एबल्ड क्रिकेट काउन्सिल अफ इन्डियाका महासचिव रबी कान्त चौहान र १०० स्पोर्ट्सका निर्देशक विकास खेतानले नेपाल क्रिकेट सङ्घ(क्यान)का कोशाध्यक्ष रोशन सिंहलाई संस्थाको मर्कोन्डाइज प्रदान गरिएको थियो । 

भाटीले नेपाली खेलकुदको विकासमा निरन्तर सहयोग गरी रहेका छन् भने पछिल्लो समय चौहानले पनि प्रतिबद्धता जनाइ सकेका छन् । 

यसै बिच भाटी र खेतानको साथमा चौहानले कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा मुलपानी क्रिकेट मैदानको भ्रमण गरे । सो अवसरमा चौहानले नेपाललाई एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना समेत दिए ।   

Comment