ललितपुरका आइटीएफ खेलाडी छनोट

दोस्रो बाग्मती प्रदेश खेलकुदका लागि ललितपुरका आइटीएफ खेलाडी छनोट भएका छन् । पुकार केसीको संयोजकत्वमा भएको छनोट प्रतियोगितामा पुरुष तर्फ ५० किलोमा निश्चल पूर्वाछाने, ५५ किलोमा प्रमेश पहाडी, ६० केजीमा समीर थापा र ६५ केजीमा रमित बस्नेतले सफलता पाए ।

यसै गरी ७० केजीमा अविरल कार्की, ७५ केजीमा विष्णु भण्डारी, ८० केजीमा रमेश केसी, ८५ केजीमा सागर श्रेष्ठ र ८५ केजी माथिमा सागर बानिया छनोट भए । 

प्याट्रनको ब्लु बेल्टमा सुसन श्रेष्ठ पहिलो भए । रेड बेल्टमा अनुसा राई तथा पहिलो डनमा विवेक शाही छानिए । दोस्रो डनमा विष्णु भण्डारी र तेस्रो डनमा सागर श्रेष्ठ छनोट भए । 

महिलाको ४५ केजीमा सञ्चिता श्रेष्ठ,५० केजीमा खुसबु रुचाल तथा ५५ केजीमा कुसुम खत्री पहिलो भए । यसै गरी, ६० केजीमा जमुना खत्री, ६५ केजीमा राघी व्यञ्जनकार तथा ६५ केजी माथिमा सेसिका गुरो पहिलो भए । 

प्याट्रन तर्फ ब्लु बेल्टमा आहना तामाङ, रेड बेल्टमा खुसबु मगर तथा पहिलो डनमा राधिका भण्डारी छनोट भए । दोस्रो डनमा सञ्चिता श्रेष्ठ तथा दोस्रो डानमा बबिता राजथला छनोट भए ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कृष्ण राज खनाल,जिल्ला खेलकुद विकास समितिका सदस्य सहर्ष पहरी र नेपाल आइटीएफका केन्द्रीय सदस्य कृष्ण गोपाल राजथला तथा जेपी फाउन्डेसनको संयोजक बागमती प्रदेशकी उपाध्यक्ष तुलसी थापा मगरको पनि उपस्थिति थियो । 

Comment