राजीवको नेतृत्वमा ललितपुर आइटीएफ

राजीव महर्जनको नेतृत्वमा ललितपुर जिल्ला आइटीएफ तेक्वान्दो सङ्घ गठन भएको छ । शनिवार भएको जिल्ला अधिवेशनले बबिता राजथलालाई उपाध्यक्ष तथा पुकार केसीलाई सचिवमा चयन गरेको छ । चाउची डङ्गोल कोशाध्यक्ष तथा रोहित खड्का, दीपक श्रेष्ठ, सञ्चिता श्रेष्ठ, राधिका भण्डारी र कुसुम केसी सदस्यमा चयन भए । 

ललितपुर जिल्ला तदर्थ समितिका अध्यक्ष निल निल बहादुर महर्जनको उपस्थितिमा भएको अधिवेशनमा नेपालका आइटिएफका केन्द्रीय सदस्य कृष्ण गोपाल राजथला, उमेश राजथला तथा बागमती प्रदेश प्रमुख समेत रहेका भक्तपुर आइटिएफका अध्यक्ष आशिष् कार्कीको उपस्थिति थियो । 

Comment