काव्यमा तेक्वान्दोको दीक्षान्त समारोह

काव्य स्कुलमा तेक्वान्दो खेलाडीहरूको दीक्षान्त समारोह सम्पन्न भएको छ । सो समारोहबाट  ३० जना विद्यार्थीहरू दीक्षित भएका थिए । विद्यालयका प्रधानाध्यापक नवराज खड्का, जुनियर फुटबल एकेडेमीका अध्यक्ष एवं काव्य निर्देशक रिजन खड्का, काव्य स्कुलका निर्देशक नील कुमार घर्ती मगर र   दिलीप थापाले प्रशिक्षार्थी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा बेल्ट वितरण गरे । 

कार्यक्रमका प्रमुख एवं विद्यालयका प्रधानाध्यापक बासकोटाले सुखद भविष्यका लागि शुभकामना दिए । यसै गरी, तेक्वान्दो प्रशिक्षक रामकृष्ण श्रेष्ठ, इसीए इन्चार्ज प्रज्वल प्रताप क्षेत्री  र खेलकुद शिक्षक सोनम महर्जनको पनि उपस्थिति थियो । कार्यक्रम विद्यालयका सामाजिक विभाग प्रमुख गणेश दाहालले सञ्चालन गरेका थिए । 

Comment