नेपाललाई तीन कांस्य

taekwondooe
हङकङमा सम्पन्न १९ औं एसियन सिटिस तेक्वान्दो च्याम्पियनसिपमा नेपालले तीन कांस्य जितेको छ ।चैत्र ७ देखि ८ गतेसम्म भएको उक्त प्रतियोगिताको महिलातर्फ ४९ केजीमुनि अस्मिता खड्का, ५७ केजीमुनि रेखमाया गुरुङ तथा ६७ केजीमुनि मनीता शाहीले कांस्य जितेको टोली नेता नोर्बु लामाले मंगलबार जनाएका छन् ।
पदक विजेतालाई प्रोत्साहन स्वरुप मकाउमा रहेका पूर्व खेलाडीहरु तथा मकाउ एनआरएनका अध्यक्ष सुदर्शन थापाले १ लाख नगद पुरस्कार प्रदान गरेको टोली नेता लामाले जानकारी गराए ।

Comment