कोटेश्वर टिम च्याम्पियन

कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । कोटेश्वर ५ स्वर्ण र ३ रजत जित्दै टिम च्याम्पियन बनेको हो ।

गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, इस्टपोट उच्च माविको व्यवस्थापन र गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित प्रतियोगितामा मूलपानी तेक्वान्दो डोजाङ दोस्रो भयो । मूलपानीले ५ स्वर्ण र १ रजत हात पा¥यो । तेस्रो स्थानको मैजुकुमारी तेक्वान्दो डोजाङले ३ स्वर्ण र ३ रजत प्राप्त ग¥यो ।

जोरपाटीस्थित इस्टपोलमा भएको प्रतियोगिताको पुरुषमा मूलपानीका आयुश ढुङ्गेल तथा महिलामा कोटेश्वरकी अनुज्ञा सापकोटा उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल लगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे ।

सो अवसरमा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई तेक्वान्दोको विकास र विस्तारमा योगदान गरे बापत आयोजकले सम्मान गरेको थियो । दुई दिने प्रतियोगितामा १९ डोजाङका २ सय ७० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment